जसपाले एमालेसँग वार्ता गर्न बनायो वार्ता टोली

काठमाडौं। जनता समाजवादी पार्टीले नयाँ सरकार गठनलगायतका विषयमा सत्तारुढ नेकपा एमालेसँग वार्ता गर्न २ सदस्यीय समिति गठन गरेको छ। उक्त वार्ता टोलीमा नेताहरु लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन्।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुबै दल पूर्व दलको हैसियतमै क्रियाशील हुने भएका छन्।

त्यसैले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कायम राख्न एमालेले अर्को दलको साथ लिनुपर्नेछ। यता नेकपा एमालेले भने नेता सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल रहेको समिति बनाएको छ।

अन्य सम्बन्धित समाचार:  ३९ जनाको पद बचाउन फेरि अध्यादेश