प्रचण्ड देउवालाई भेट्न बूढानीलकण्ठ पुगे

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास पुगेका छन्।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकेर प्रचण्ड सिधै देउवा निवास बूढानीलकण्ठ पुगेका हुन्। माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने,‘अध्यक्ष प्रचण्ड कांग्रेस सभापतिलाई भेट्न जानुभएको चाहिँ हो। के कुरा भयो,थाहा छैन।’

अन्य सम्बन्धित समाचार:  नयाँ सरकार बनाउन समर्थन जुटाउने काँग्रेसको निर्णय