प्रचण्डले सहकार्य गरौँ भन्दा, देउवाले भने- साथीहरूसँग सल्लाह गर्छु

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर सहकार्यको प्रस्ताव राखेका छन्।

आज देउवा निवास बूढानीलकण्ठ पुगेका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटाउनेदेखि नयाँ सरकार गठनसम्मका लागि सहकार्यको प्रस्ताव राखेका जनाइएको छ।

‘उहाँले अब सहकार्य गरेर अगाडि बढौं भन्ने प्रस्ताव गर्नुभो’, देउवानिकट नेपाली कांग्रेसका एक नेताले भने, ‘सभापतिजीले चाहिँ म पहिले यसबारे साथीहरुसँग सल्लाह गर्छु भन्नुभएको छ।’

 

अन्य सम्बन्धित समाचार:  सभापति देउवाले बोलाए पदाधिकारी बैठक