ह्यारी र मेगनको अन्तर्वार्ताबारे ब्रिटिश राजदरबारले मुख खोल्यो

ओप्रा विन्फ्रीसँग राजकुमार ह्यारी तथा उनकी पत्नी डचिस अफ ससिक्स मेगन मार्कलले दिएको अन्तर्वार्तामा उठाइएका जातिय प्रकृतिका प्रसङ्ग निकै ‘चिन्ताजनक’ भएको भन्दै तिनलाई ‘गम्भीरतापूर्वक लिइने’ बकिङ्घम राजदरबारले जनाएको छ।

महारानी एलिजाबेथको तर्फबाट जारी गरिएको एउटा वक्तव्यमा दरबारले अन्तर्वार्तामा उठाइएका विभिन्न प्रसङ्गबारे भिन्नभिन्न सम्झना रहेको भए पनि तिनलाई दरबारले आफ्नै तवरले सम्बोधन गर्ने जनाएको छ।

मेगनले ओप्रासँगको कुराकानीमा शाही परिवारको नाम नखुलाइएका एक सदस्यले उनीहरूको छोरा आर्चीको छाला कत्तिको कालो होला भनेर सोधेको बताएकी थिइन्।

ती सदस्यले ह्यारीसँग त्यसो भनेको र ह्यारीले उनलाई ती कुरा सुनाएको मेगनले बताएकी थिइन्।

दरबारले मेगन र ह्यारी सधैँ ‘परिवारका प्यारा सदस्य’ रहने पनि उल्लेख गरेको छ।

अन्य सम्बन्धित समाचार:  चिनियाँ सिनोफार्मा खोपलाई डब्ल्यूएचओको अनुमति