पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं। मुलुकका पहाडी भेगमा आज अपराह्न वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। अपराह्न पश्चात देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  गाई काटेको अभियोगमा २ जना पक्राउ