माओवादी केन्द्रको स्थायी कमिटी बैठक ११ बजे बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बताए।

आजको बैठकमा सर्वोच्च फैसलापछि तोडिएको पार्टी एकतापछिको भावी कार्यदिशाबारे समेत छलफल हुने उनको भनाइ छ।

बैठकले सरकालाई दिएको समर्थन फिर्ता गर्नेबारे पनि निर्णय गर्ने बताइएको छ।

यसअघि हिजो बसेको बैठकले सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो।

 

अन्य सम्बन्धित समाचार:  शीतल निवासमा सपथको तयारी