हिरासतमा रहेका म्यानमारका अर्का नेताको पनि ज्यान गयो

काठमाडौं। सैन्य कू को विरोधमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का अर्का नेताको पनि ज्यान गएको छ।

यसअघि एनएलडीका अर्का नेता खिन मौन लाटको गएको शनिबार ज्यान गएको थियो। सुरक्षाकर्मीले चरम यातना दिँदा दुईजना नेताको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

तर, सेनाले भने भाग्न खोज्दा लडेर गम्भीर घाइते भएका नेता झा म्याटलिनको ज्यान गएको प्रतिक्रिया दिएको छ।

म्याटलिनको परिवारले भने पेटमा कसरी चोट लाग्यो भनेर प्रश्न गरेका छन्। नेतृ सुकीसहितका नेताहरुलाई रिहाइको माग गर्दै म्यानमारमा विरोध प्रदर्शन भैरहेको छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री पौडेलद्वारा आइशोलेसन संख्या वृद्धि गर्न आग्रह