नेपाली बजारमा बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

काठमाडौं। बुधबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले वृद्धि भएको छ।

मंगलबार प्रतितोला ८५ हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले वृद्धि भइ प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।

तेजाबी सुनको मूल्य आज ८५ हजार ७५० रुपैयाँ रहेको छ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ रहेको थियो।

अन्य सम्बन्धित समाचार:  बजेट निर्माण टोलीलाई कोरोना भएपछि कार्य तालिका प्रभावित