राप्रपाले तोक्यो सातै प्रदेशमा अध्यक्ष र उपाध्यक्ष

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ। पार्टीको विधानअनुसार सातवटै प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरिएको राप्रपाले जनाएको छ।

पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले पार्टीको विधानअनुसार प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका राप्रपाले जनाएको छ।

जसअनुसार राप्रपाको प्रदेश कमिटीमा विभिन्न व्यक्तिले जिम्मेवारी पाएका छन्।

अन्य सम्बन्धित समाचार:  गण्डकीमा यसअघि बेपत्ता भएका सांसद पनि तटस्थ, विपक्षी गठबन्धनको बहुमत पुगेन