सडक छेउबाटै मोटरसाइकल चोरी गर्ने २ जना जना पक्राउ

पाैने

हेटौंडा। सडक किनारमा रोकिएका मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ परेका छन्। मकवानपुरको मनहरी गाउँपालिका वडानम्बर–४ बस्ने २९ वर्षीय प्रेम राई र मकवानपुरकै राक्सिङ गाउँपालिका–३ बस्ने २१ वर्षीय प्रकाश थिङलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो।सोमबार (फागुन २४ गते) दिउँसो २ बजेको समयमा हेटौंडा–१८ का २९ वर्षीय जगदिश ढुङ्गानाले हेटौंडाकै हुप्राचौरबाट आफ्नो मोटरसाइक हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।

हुप्रचौरस्थित सडक छेउमा पार्किङ गरेर राखिएको बा ८० प ५०४५ नम्बरको पल्सर मोटरसाइकल हराएको भन्दै ढुङ्गानाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका थिए। ढुङ्गानाले दिएको उजुरीका आधारमा खोजी गर्ने क्रममा वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरबाट खटिएको प्रहरी टोलीले मिति सोमबार नै हुप्राचौरबाट प्रेम राई र प्रकाश थिङलाई मोटरसाइकलसहित पक्राउ गरेको हो। मोटरसाइकलसहित पक्राउ परेका २ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कारमा मृत भेटिएका बालकका अभिभावकले अझै बुझेनन् शव