नक्कली नोटसहित २५ वर्षीय युवा पक्राउ

काठमाडाैं। कञ्चनपुरबाट नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिनसहित १ जना पक्राउ परेका छन् ।

जिल्लाको कृष्णपुर नगरपालिका–९ पिपरिया निबासि २५ वर्षीय सञ्जय रानालाई नक्कली नोट र नोट छाप्न प्रयोग हुने मेसिन लगायतका अन्य सामाग्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गएराति करिब १० बजेको समयमा पक्राउ गरिएका रानाको साथबाट १ हजारका २ वटा र १ सयका २ वटा गरेर ४ वटा नक्कली नोट बरामद गरिएको छ।

अन्य सम्बन्धित समाचार:  डडेल्धुरामा दश दिन निषेधाज्ञा थप