प्रदेश २ का प्रमुख झाले फिर्ता पठाए दुई विधेयक

काठमाडौं। प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झाले दुई वटा विधेयक फिर्ता पठाएका छन्। प्रदेश सरकारले प्रमाणिकरणका लागि पठाइएको दुई वटा विधेयक प्रदेश प्रमुख झाले फिर्ता पठाएका हुन।

स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख झाले फिर्ता पठाएको जनाइएको छ। सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनाएको विधेयक पारित गराएर प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। तर सो विधेयकमा मातृत्व सुरक्षा लगायतका विषय वस्तुहरु नसमेटिएको भन्दै आवश्यक सुझाव सहित परिमार्जन गरेर विधेयक ल्याउन भन्दै फिर्ता पठाएको छ।

त्यसैगरी प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गराएर प्रमाणिकरणको लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। उक्त विधेयकमा किसान लगायतकाहरुलाई पदक दिने व्यवस्था नगरिएको भन्दै सुझाव सहित प्रदेश सभालाई विधेयक फिर्ता पठाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गर्ने