माओवादी केन्द्रको निर्णय, सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

काठमाडौं। नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ। आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निणर्य गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निणर्य भएको बताए।नेकपा नाम विवादको मुद्दामा सर्वोच्च अदालतले आइतबार गरेको फैसला पछि ब्यूँतिएको माओवादी केन्द्रको मंगलबार पहिलो स्थायी कमिटी बैठक बसेको थियो। मंगलबारको बैठकले भावी सत्ता समीकरणका विषयमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतसँग छलफल गर्ने निर्णय गरेको थियो।

अन्य सम्बन्धित समाचार:  सरकारले दियो चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कारबाही गर्ने चेतावनी