‘यति भए भैगो नि’ भन्दै संसद बैठकबाट बाहिरिए प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको बैठक सुरु नहुँदै सभाहलबाट बाहिरिएका छन्।

प्रधानमन्त्री ओली सभाहलबाट बाहिरिँदा प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहेको थियो।

प्रधानमन्त्री ओलीले, ‘यति भए भैगो नि’ भन्दै बाहिरिएका थिए। उनले आफू बाहिरिनुको कारण खुलाएका छैनन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली र महन्थबीच भेटवार्ता, के भयो कुराकानी?