शोक प्रस्ताव पारित गरेर सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक चैत ३ गते बस्ने

काठमाडौं। प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ। आज दिउँसो बसेको बैठमा विभिन्न कार्यकालमा सांसद् रहनुभएका सांसद्हरुको शोक प्रस्ताव पारित गर्दै सकिएको हो।

बैठकमा बर्खे अधिवेशनदेखि हिउँदे अधिवेशन सुरु नहुँदासम्म मृत्यु हुनुभएको सांसद्हरुको शोक प्रस्ताव पारित गरिएको हो। बैठक करिब १२ मिनेट बसेको थियो।

सभामुख अग्निप्रसाद सापकोटाको शोक प्रस्ताव लगत्तै बैठक स्थगित गरिएको हो। अब अर्को बैठक चैत ३ गते दिउँसो १ बजे बस्नेछ।

अन्य सम्बन्धित समाचार:  कैलालीमा ३ जना संक्रमितको मृत्यु, ४१६ जना संक्रमण पुष्टि