‘फिक्का चिया’ सार्वजनिक

काठमाडौं। ‘फिक्का चिया’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा राजवान क्षेत्रीको शब्द तथा खेम पुनको संगीत रहेको छ।

उक्त गीतको भिडियोमा अभिनेता पल शाह र मोडल रियाशा दाहाल फिचर भएका छन्। लोकलयमा बनेको गीतको भिडियोमा पल रियाशाले नृत्य प्रस्तुत गरेका छन्।

काजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन्। सार्वजनिक म्युजिक भिडियोलाई तिलकबहादुर श्रेष्ठले निर्माण गरेका हुन्।