कम्युनिष्टहरूको कुनै भर हुन्न: सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा जाने खेलमा लाग्नु भन्दा आगामी निर्वाचनका लागि माहोल बनाउने गरी लाग्नुपर्ने बताए। आज पार्टी निकट आदिवासी जनजाति सङ्गठनका अगुवा नेताहरूसँग आफ्नै निवासमा भएको भेटमा कांग्रेस सभापति देउवाले आउँदो निर्वाचनमा पार्टीको माहोल राम्रो हुने गरी सोच्नुपर्ने जानकारी दिएका छन्।

उनले कम्युनिष्टहरुको कुनै पनि भरोसा नहुने भन्दै आज प्रधानमन्त्री बनेर एक दुई महिनामा नै अविश्वासको मतको सामना गर्नु भन्दा त्यो खेलमा नलाग्नु नै ठीक हुने बताएका हुन्। सो क्रममा देउवाले अब आफ्नो ध्यान पार्टीको महाधिवेशनमा केन्द्रित हुनेसमेत भनेका छन् । 

अन्य सम्बन्धित समाचार:  बहुमतको सरकारका लागि दाबी पेस भएन: राष्ट्रपति कार्यालय