झलनाथले दिए ओलीलाई थप दुईवर्ष सरकार टिकाउन शुभकामना

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संसदमा अब नयाँ खेलको सुरुवात हुने बताए। आज बसेको प्रतिनिधिसभा बैठकपछि खनालले संविधानको भावनाअनुसार अघि बढनुको विकल्प नभएको बताउँदै संसदमा नयाँ खेल सुरु हुने जानकारी दिएका हुन्।

संसदले देशलाई राजनीतिक निष्कर्ष दिनेमा आफू आशावादी रहेको समेत खनालले बताए। नेकपा विभाजित भएर एमाले र माओवादी बन्नु दर्भाग्य भएको उनको तर्क थियो।

आजको बैठकमा पुगेका खनालले पहिला विरोध गर्दै आइरहेको ओली सरकारको बचाउ गर्नुपर्ने बाध्यमा परे। खनालले अहिलेको सरकार जोगाउनु मुख्य जिम्मेवारी नेकपा एमालेकै भएको बताए। साथै अहिलेकै सरकारको बाँकी दुई वर्ष निरतन्तरताको लागि शुभकामना समेत दिए।

संसद भनेको राजनीतिक खेल खेल्ने मुख्य मञ्च हो। अहिले सरकार हामीसँगै छ। यो सरकारले २ वर्ष राम्रोसँग पूरा गर्नुपर्छ। मेरो शुभकामना छ। नेकपा एमालेको हैसियतले यो सरकार नै दुईवर्ष जानुपर्छ भन्ने ठान्छु। तर अब संसदको कुरा हो नी, खनालले भने।

अन्य सम्बन्धित समाचार:  माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउँदै