माधव नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बस्दै

काठमाडौं। नेकपा एमाले माधव नेपाल पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ। माधव नेपाल पक्षले आज ४ बजे बानेश्वस्थित अर्याल होटेल बैठक बोलाएको हो।

बैठमा एमालेमै रहेर कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउने जनाइएको छ। सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै प्रचण्डलगायत नेताहरुसँग अन्तिम बैठक गरेर निस्किएका थिए।

अन्य सम्बन्धित समाचार:  माधव नेपाल र भीम रावल देउवा निवासमा, के वैकल्पिक सरकार बन्ला?