जसपा नेताहरू प्रचण्डसँग छलफल गर्न पेरिसडाँडामा

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनता समाजवादी पार्टीका नेतासँग छलफलमा जुटेका छन्।

छलफलमा प्रचण्ड र जसपाबाट महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो सहभागी छन्। माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई पार्टीबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल चलिरहेको माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले सेतोपाटीलाई जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  सगरमाथामा चीन तर्फबाट हुने आरोहण रद्द