काठमाडौँमा पाकेटमार र चोरी गर्ने दुई महिला पक्राउ

काठमाडौं। काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई जना महिला पाकेटमार पक्राउ परेका छन्। काठमाडौँ, गोंगबु ११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट ३४ हजार ५ सय ५० रूपैयाँ समेत बरामद गरिएको जनाइएको छ। उनीहरुलाई पकेट मार्दै गर्दा नियन्त्रणमा लिइएको हो। उनीहरु लामो समयदेखि कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाई चोरी, पकेट मार्ने तथा ठग्ने काममा संलग्न भएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  प्रेस पासको दुरुपयोग भए कारवाही