धनगढीमा एमाले कार्यकर्ताबीच झडप, भीम रावल र लेखराज भट्टबीच विवाद चर्कियो

काठमाडौं। नेकपा एमालेका दुई समुहबीच धनगढीमा कुटाकुट भएको छ। भीम रावल पक्षधर र लेखराज भट्ट पक्षधरबीच कुटाकुट भएको हो। सुदूरपश्चिम प्रदेश नेकपा एमाले इञ्चार्जमा भीम रावल रहेकोमा उनको साटो लेखराज भट्टको नाम राख्न खोजिएपछि झडप भएको जनाइएको छ। रावल र भट्टका पक्षधरले एक अर्कामाथि बल प्रयोग गरेका थिए।

नेकपा एमाले ब्युँतिएपछि विधानत रावल उपाध्यक्षसहित सुदूरपश्चि प्रदेश इञ्चार्ज छन्। तर, रावल प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीका कटु आलोचक हुन्। भट्ट माओवादी केन्द्र छाडेर ओली पक्षमा गएका छन्। प्रचण्डले रावललाई बढी साथ दिएपछि भट्टले नेकपा हुँदा नै गुट छाडेका थिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीको निर्देशन– नागरिकको जीवनरक्षा गर्न के–के गर्नुपर्छ त्यो गर्नू