देशभर थप १०४ जनामा कोरोना संक्रमण पुष्टि 

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै देशभर २ लाख ७४ हजार ९७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज देशभर ६३ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर ९११ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसैगरी आज देशभर कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

अन्य सम्बन्धित समाचार:  अक्सिजन नपाएर दुई कोरोना सङ्क्रमितको मृत्यु