जसपालाई प्रधानमन्त्रीको प्रस्ताव– रेशम चौधरीलाई छुटाउँछौं, सरकारमा आउनुस्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नकपाले वैधानिकता नपाएसँगै अल्पमतमा परेको आफ्नो सरकार टिकाउन हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीलाई छुटाउने आश्वासन जनता समाजवादी पार्टी (जसपा)लाई दिएका छन्।
सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएपछि नेकपा तत्कालीन एमाले र माओवादी केन्द्रका रुपमा ब्युँतिएको छ।

प्रधानमन्त्रीका तर्फबाट जसपाका नेताहरुलाई भेटेका एमाले नेताहरुले यस्तो आश्वासन दिएका हुन्। ‘तपाईंहरु सरकारमा आउनुर्पयो, रेशम चौधरीलाई जेलबाट छाड्ने लगायत तपाईंहरुका माग हामी पूरा गर्छौं भनेर उहाँहरुले भन्नुभो’, जसपाको नेतृत्व तहमा रहेका एक नेताले भने, ‘हामीले चाहिँ पहिले हाम्रा जे जति माग छन्, ती पूरा गनुस् भनेका छौं।’
प्रधानमन्त्री ओलीका तर्फबाट एमाले नेताहरु सुवासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जसपाका नेताहरुसँग छलफल गरेका थिए।

अन्य सम्बन्धित समाचार:  बाबुरामको आग्रहः सबै दल गुटगत सोचभन्दा माथि उठौं