निर्वाचन आयोगले प्रदेशलाई पठायो माओवादी र एमाले ब्युँतिएको पत्र

काठमाडौं। निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको जानकारी प्रदेश सभालाई गराएको छ। आयोगले पत्र पठाएर प्रदेश सभामा रहेको नेकपा खारेज भएर नेकपा एमाले र माओवादी केन्द्र भएको जानकारी पठाएको हो।

आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले सात वटै प्रदेश सभालाई पत्र पठाएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको जानकारी गराउनुभएको हो। अब प्रदेश सभामा पनि एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्नेछन्।

अन्य सम्बन्धित समाचार:  देउवाले बोलाए काँग्रेसको पदाधिकारी बैठक