हामीलाई सत्ताको लोभी देखाएर मार्न खोजिँदैछ: राजेन्द्र महताे

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) हाल चर्चामा छ। सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वैधता नपाउने फैसला सुनाएपछि सत्तारुढ दल तत्कालीन एमाले र माओवादी केन्द्रका रुपमा ब्युँतिएका छन् र त्योसँगै प्रधानमन्त्री ओली अल्पमतमा परेका छन्।

योसँगै ओलीलाई आफ्नो सरकार जोगाइराख्न वा एमालेइतरका दलले अर्को सरकार बनाउन जसपाको साथ अपरिहार्य छ। यसैबिच महतोले ओली नेतृत्वको सरकारमा जाने भनेर आफ्नाबारे ‘वाहियात कुरा आइरहेको’ टिप्पणी गरका छन। साथै उनले विगतका सरकारले उधारो सहमति मात्र गरेकाले यसपालि नगदमा सहमति भए मात्र आफूहरु सरकारमा जाने दाबी गरे।

‘सरकारमा जाने भनेर हाम्राबारे सबै वाहियात कुरा आइराखेका छन्, हामीलाई सत्ताको लोभी देखाएर मार्न खोजिँदैछ’, उनले भने, ‘मिडियाहरु शासनसत्तामा बसेकाहरुको औजारको रुपमा काम गर्दोरहेछन्। मिडियाहरु उस्तै प्रायोजित हुन्छन्। हामीबाट चलेका मिडिया छैनन्, शासकबाट पालितपोलित मिडिया मात्र छन्। त्यसैले उल्टोपाल्टो मात्र देख्दा रहेछन्।’

अन्य सम्बन्धित समाचार:  हामी त डुब्छौं, तिमीलाई पनि लिएर डुब्छौंः रामकुमारी झाँक्री