हावाहुरीले रुख ढल्दा पृथ्वीरामार्ग अवरुद्ध

तनहुँ। पृथ्वीराजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रिठेपानीमा रुख ढल्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। आज दिउँसो आएको हावाहुरीसहितको वर्षाले रुख ढाल्दा राजमार्ग अवरुद्ध भएको हो।

साना सवारी सञ्चालन भए पनि ठूला सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए। रुख पन्छाएर राजमार्ग सञ्चालन गराउनका लागि बेलचौताराबाट एस्काभेटर मगाइएको र करीब आधा घण्टामा राजमार्ग सञ्चालन हुने उनले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु, आठ घाईते