माधव नेपाल पक्ष केन्द्रीय सदस्यहरुको बैठकः वाम सरकार बनाउनेबारे छलफल

काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठक सकिएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित् अर्याल होटलमा आयोजित बैठकमा नेताहरुले वामपन्थीहरुको सरकार बनाउनुपर्नेमा जोड दिएका थिए। बैठकबाट बाहिरिने क्रममा नेता रघुजी पन्तले यस्तो बताएका हुन्।

उनले भने,‘आजको बैठकमा वामपन्थीहरुको सरकार बनाउनुपर्छ भन्ने विषयमा छलफल भएको छ। जुन परिस्थिति उत्पन्न भएको छ, त्यसले तत्काल पार्टी एकता सम्भव होला वा नहोला। हामी ठूलो पार्टी भएकोले वामपन्थहिरुसँग एकता गर्नुपर्छ। एकताको लागि प्रयत्न गर्नुपर्छ। वाम मोर्चा पनि बनाउनुपर्छ। वामपन्थीहरुकै सरकार बन्नुपर्छ र टिक्नुपर्छ। अब विभिन्न कोणबाट छलफल भैरहेको छ। नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्नुपर्छ। पार्टीको एकता, जनताको हितलाई सर्वोपरि गर्नुपर्छ।’

अन्य सम्बन्धित समाचार:  सबै सांसदको पीसीआर परीक्षण गरिने