विद्यार्थी बोकेको ट्याक्टर दुर्घटनाः १५ जना घाइते

अछाम। अछामको मेल्लेख गाउँपालिकामा भएको ट्याक्टर दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते भएका छन्।

गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भाग लिएर घरतर्फ फर्किँदै गरेका दुर्गा देवी माध्यमिक विद्यालयका विद्यार्थी चढेको से २ त ३१५५ नम्बरको ट्याक्टर मेल्लेख गाउँपालिका–७ नन्देगडामा ट्याक्टर दुर्घटनामा १५ जना घाइते भएका जनाइएको छ।

अछाम प्रहरी प्रमुख तुल्सीराम अर्यालका अनुसार उनीहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा