ओलीलाई एक मिनेट सत्तामा बस्ने तुक छैन, उल्टै शिकारमा विषाक्त घाँस हाल्दैछन्: डा.बाबुराम

काठमाडौं। पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि सत्तामा बसिरहने नैतिकता नभएको बताएका छन्।

उनले ट्वीटमार्फत टिप्पणी लेख्दै ओली नेपाली प्रतिगमनका मुख्य खलनायकको संज्ञा दिएका छन्। उनले सर्वोच्चको दुवै फैसलापछि उनी एक मिनेट पनि सत्ता बसिरहेन नैतिकताले नदिने तर्क गरेका छन्।

उनले ट्वीटमा लेखेका छन्, “अखाद्य वस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो। तर, नेपाली राजनीतिमा जो जेपनि खान किन उद्यत्? यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्। सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन। उल्टै उनी अरूको शिकारमा विषाक्त घाँस हाल्दैछन्। किन नबुझेको?”

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक