म्यानमार कू : सडकमा निस्कनेलाई तत्काल गाेली हान्न सेनाकाे आदेश

काठमाडौं। म्यानमारमा सैन्य कू पछि भागेर भारत आएका एक प्रहरीले सैनिकहरुले सडकमा निस्कने मानिसलाई तत्काल गोली हान्ने आदेश जारी गरेको बताएका छन्।

शान्तिपूर्ण प्रदर्शनमा उत्रेका जनतामाथि गोली हान्ने सेनाको आदेश पछि आफू भागेर भारत छिरेको उनले बताए।
भागेर भारत आउनेको संख्या एक दर्जन भन्दा धेरै रहेको छ।

उनीहरुले आम मानिसको ज्यान लिने र उनीहरुलाई नोक्सान पुर्‍याउने डर लागेको बताए। सैनिक शासकहरुले दवाव दिइरहेपछि आफूहरुले देश छाडेको उनले बताए।

यसरी भाग्ने मध्येका एक हुन नाइंग.२७ वर्षका उनको नाम सुरक्षाका कारण परिवर्तन गरिएको छ। उनी ९ वर्षदेखि म्यानमार प्रहरीमा छन्। उनी अहिले सिमा क्षेत्रको मिजोरममा लुकेका छन्।

अन्य सम्बन्धित समाचार:  इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल

यसरी लुक्नेहरुको एक समूह जो २०-३०वर्षसम्मका छन जसमा महिला पनि रहेका छन्। ‘मलाई निकै डर लागिरहेको थियो।

सेना विरुद्ध प्रदर्शन गरिरहेका मानिसलाई गोली हानी मारिएको छ,’ उनले भने, ’जनताद्वारा निर्वाचित सरकारलाई अपदस्थ गरेर सैनिक कू गर्नु सेनाको गल्ती थियो।’