कांग्रेस सभापति देउवाद्वारा महाशिवरात्रिको शुभकामना

काठमाडाैं। महाशिवरात्रि पर्वकाे अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना सन्देश जारी गरेका छन्।

‘नेपाल विभिन्न चाड-पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक हो। यसमध्ये हिन्दू धर्मावलम्वीहरुले अति श्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने “महाशिवरात्रि” एक महत्वपूर्ण र पवित्र पर्व हो,’ सन्देशमा भनिएकाे छ, ‘प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ। हाम्रा यी सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरहरु हुन्। यी चाड–पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन्।’

उनले महाशिवरात्रीको यस पावन अवसरमा म आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट सम्पूर्ण हिन्दु धर्मावलम्वीहरुमा सदा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन्।

अन्य सम्बन्धित समाचार:  गण्डकीकी प्रदेश प्रमुख पौडेलले गरिन् पदभार ग्रहण