दैलेखमा गाडी दुर्घटनाः १ जनाको मृत्यु, १० जना गम्भीर घाइते

दैलेख। दैलेखको आठबिस नगरपालिका–१ डाब स्यालाघाटमा सडक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२००१ ख ०२४७ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट १०० मिटर तल खस्दा १ जनाको मृत्यु भएको जनाइएको छ।

उक्त दुर्घटनामा कालिकोटका अन्दाजी ३८ वर्षीय जितेन्द्रबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। गाडीमा रहेका १८ जनामध्ये १० जना गम्भीर घाइते, ५ जना सामान्य घाइते र १ जनाको मृत्यु भएको छ।

अन्य सम्बन्धित समाचार:  काभ्रेपलाञ्चोकमा जेठ १२ गतेसम्म निषेधाज्ञा