जसपा शीर्ष नेताहरु सत्ता समीकरणबारे निर्णय गर्न बैठकमा

काठमाडौं। सत्ता जोगाउन र नयाँ सरकार बनाउन तानातानमा परेको जनता समाजवादी पार्टीले पार्टीको आधिकारिक धारणा तय गर्न शीर्ष नेताहरुको बैठक राखेको छ। आजको शीर्ष नेताहरुको बैठकलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। ‘नेताहरु छलफलमा हुनुहुन्छ,’ जसपाका नेता केसब झाले भने, ‘आजको बैठकले केही निर्णय पक्कै गर्छ।’

आजको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका बारे साझा धारणा बनाउने पनि जनाइएको छ। जसपाले रेशम चौधरीमाथिको मुद्दा खारेज गरेर रिहाइ गर्नुपर्ने, संविधान संसोधन गर्नुपर्ने, तत्कालिन मधेश आन्दोलनमा होमिएकाहरुमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने मागलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीको सपथमा यसो भन्छन् बाबुराम