शिवरात्रिका दिन मेलम्चीको पानी वाग्मतीमा, सफा होइन लेदो

काठमाडौं। शिवरात्रिका दिन आज खानेपानी मन्त्रालयले वाग्मतीमा मेलम्चीको सफा पानी बगाएको थियो।  मेलम्चीको पानी वाग्मतीमा आउन त आयो। सफा भने होइन लेदो पानी आयो। त्यो पनि हिलाम्मे।

शिवरात्रिका अवसरमा पशुपतिनाथमा दर्शनार्थीका लागि आउनेले सफा पानीमा नुहाउन प्रतीक्षा गर्दैगर्दा हिलाम्मे पानी आयो। वाग्मतीको बहाव बढे पनि नुहाउन नमिल्दा दर्शनार्थीहरुले अञ्जुलीमा अलिअलि पानी लिएर टाउकोमा छर्किए। मेलम्ची खानेपानी आयोजनाले भने सुन्दरीजलबाट सफा पानी बगाइए पनि वाग्मतीको फोहोरकै कारण हिलाम्मे पानी आएको दाबी गरेको छ।

 

अन्य सम्बन्धित समाचार:  लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन