आठबीसमा गाडी दुर्घटना (अपडेट): दुई जनाको मृत्यु

कालीकोट। कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२ ०० ख ०२४७ नम्बरको गाडी आठबीस नगरपालिका १ को सेलाघाट भन्ने ठाउँमा दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ।

दुर्घटनामा कालीकोट शुभकालिका गाउँपालिका २ का ३७ वर्षीय जितेन्द्र शाही र नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अर्जुन चन्द्रले बताए। शाहीको घटनास्थलमै ज्यान गएको हो भने विकको उपचारका क्रममा पादुका मेडिकल हलमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका नौ जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ। गाडीमा १७ जना यात्रु रहेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चमा पुनः सेवा शुरु