म छाड्नेवाला छैन, आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर लड्नेवाला छुः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एक पटक आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा रहेको बताए।

आन्दोलनका उपलब्धीमाथि देशभित्र र बाहिरबाट ठूलै षड्यन्त्र भइरहेको भन्दै उनले त्यसलाई परास्त गर्न लडाईं लड्ने जानकारी दिएका छन्। आज पेरिसडाँडामा आयोजित नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो भनेका हुन्।

उनले भन, ‘फेरि २र४ वर्ष जनताका बीचमा गएर अभियान सञ्चालन गर्ने मनस्थितिमा छु, किनभने प्रतिक्रियावादीहरुले देशभित्रका र बाहिरकाले निकै ठूलो षड्यन्त्र गरे हाम्रो राष्ट्र, हाम्रो आन्दोलन र उपलब्धीमाथि धावा बोल्ने कोसिश गरेका छन्।’ साथै नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै यसलाई सुधार गर्ने पनि बताएका छन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’भनेपछि पुनः शपथ गराउन माग गर्दै सर्वोच्चमा रीट