कैलाश पर्वत र महादेव टुँडिखेलमा

काठमाडौं। सेना दिवसको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विभिन्न खेल तथा युद्धकला प्रदर्शन गरेको छ। सेना दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरा, नेपाल सरकारका मन्त्रीहरुलगायतका विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए।

हरेक वर्ष शिवरात्रीको दिन नेपाली सेनाले सेना दिवस मनाउँछ। यस वर्षको सेना दिवसमा टुँडिखेलमा नै कृत्रिम कैलाश पर्वत र महादेवको तस्वीर राखिएको थियो।

अन्य सम्बन्धित समाचार:  तानियो रातो मच्छिन्द्रनाथको रथ