गोरखामा भरुवा बन्दुकसहित एक जना पक्राउ

पाैने

गोरखा। गोरखामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका १९ वर्षीय सन्देश गुरुङ पक्राउ परेका हुन्।

मंगलबार साँझ उक्त क्षेत्रमा बन्दुक पड्किएको सूचनाको आधारमा सिर्दिवासबाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको गोरखाका डीएसपी प्रकाश दाहालले बताए।

गुरुङको घर खानतलासी गर्दा अवैध रुपमा राखेको भरुवा बन्दुक फेला परेको डीएसपी दाहालले जनाए। पक्राउ परेका गुरुङविरुद्ध शुक्रबार हातहतियार खरखजाना अन्तरगत मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले बताए।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु, आठ घाईते