जसपा पदाधिकारी बैठकको निर्णय, निकासको लागि सबै दलसँग उच्च तहमा सम्वाद गर्ने

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) को पदाधिकारी बैठक सम्पन्न भएको छ। आजको बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभुत मान्यताबारे सबै दलहरुसँग उच्च तहमा सम्वाद गर्ने निर्णय गरेको जनाइएको छ।

अब पार्टीको समायोजन तथा आगामी कार्ययोजनाबारे आवश्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक आगामी चैत्र ५ गते बस्ने संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जनाएका छन्।

भट्टराईले ट्वीटमा लेखेका छन्–’जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यतावारे सबै राजनीतिक दलहरूसंग उच्चतहमा संवाद गर्ने निर्णय गरेको छ। साथै पार्टीको समायोजन तथा आगामी कार्ययोजनावारे आवस्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक चैत ५ गते बस्ने भएको छ।’

अन्य सम्बन्धित समाचार:  एमालेको विवाद समाधान गर्न कार्यदल गठन गर्ने तयारी