देशभर थप ९७ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  चार हजार चार सय ८४ जनामा गरिएको परीक्षणको क्रममा ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ७५ हजार ७० जना पुगेको छ। आज ६६ जना कोरोना संक्रमित निको भएका छन् भने हालसम्म दुई लाख ७१ हजार एक सय १६ जना कोरोना संक्रमित निको भएका छन्।

अन्य सम्बन्धित समाचार:  देशभर थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि