डेढ लाख घुससहित आन्तरिक राजश्व कार्यालयका कर अधिकृत पक्राउ

काठमाडौं। आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत रमेश ढकाल एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका अनुसार सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस माग गरेको सूचनाको आधारमा ढकाललाई डेढ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो।

ढकालले घुसबापतको रकम आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नवीनकुमार कर्णलाई लिन लगाएका थिए। अख्तियारले कर्णलाई समेत पक्राउ गरेको जनाइएको छ।