नेपाल–खनाल समुहले ओलीपक्षको व्यवहारको लिखित रुपमा विरोध जनाउने

काठमाडौं। प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका गतिविधिप्रति एमालेको माधवकुमार नेपालर झलनाथ खनाल समुहले लिखित रुपमा विरोध जनाउने भएको छ।

सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि नेपाल–खनाल समुहलाई ओली पक्षद्वारा गरिएको व्यवहारलाई लिएर विरोध जनाउने निर्णय आजको स्थायी कमिटीको भेलाले गरेको हो।

नेपाल–खनाल समुहका एक स्थायी कमिटी सदस्यका अनुसार ओली पक्षले पार्टी कार्यालय कब्जा गर्ने, आफ्नो पक्षका नेतारकार्यकर्तालाई अपमानित गर्नेलगायत काम गरेकाले त्यसको लिखित भत्सर्ना गर्न लागिएको हो।

 

अन्य सम्बन्धित समाचार:  गृहमन्त्री बादल र डा खिमलालबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता