युरोपा लिग:टोटेनहम विजयी

एजेन्सी। युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब टोटेनहमले जित निकालेको छ।

गएराति भएको खेलमा टोटेनहमले क्रोएसियन क्लब डाइनामो जाग्रेवलाई २-० गोलले पराजित गरेको हो।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन दुबै गोल ह्यारी केनले गरे। उनले २५ औं र ७० औं मिनेटमा गोल गरेका हुन्।

अब दोस्रो लेगको खेल डाइनामो जाग्रेवको मैदानमा मार्च १८ मा हुनेछ।

अन्य सम्बन्धित समाचार:  ला लिगा : उपाधि होडबाट बाहिरियो बार्सिलोना