सुदूरपश्चिम प्रादेशिक गौरवका सडक योजना धमाधम

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रत्येक जिल्लामा एउटा पर्ने गरी ९ वटा महत्वपूर्ण सडकलाई प्रादेशिक गौरवका योजनाको रूपमा छनोट गरेको छ।

प्रदेश सरकारले तीन वर्षअघि योजनामा समेटेर छनोट गरेका सडक निर्माणलाई प्राथमिकता दिँदै आएको जनाएको छ। प्रादेशिक गौरवका सडक योजनाको अध्ययनसँगै निर्माणलाई पनि अघि बढाएको तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा बताउँछन्।

प्रदेश सरकारले बाजुरामा खप्तड–मार्तडी सडक (सिंखडा–काँडा जयबागेश्वरी गैरीखांद डोगडी आटीचौर–मार्तडी) सडकअन्तर्गत २४ किलोमिटर अध्ययन भएर १५ किलोमिटर सडकको ठेक्का सम्झौता गरी निर्माण भइरहेको हो । त्यस्तै, बैतडीमा सदबाज–श्रीभावर–हाट–दार्चुला सडकअन्तर्गत ७० किलोमिटर सडकको अध्ययन भएर १५ किलोमिटर निर्माणसँगै कालोपत्रको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ–तराई/मधेस द्रुत मार्ग : सुरुङमार्ग र हाइब्रिज निर्माण गर्न सम्झौता

प्रादेशिक गौरवका सडक योजनाअन्तर्गत अछाममा चिसापानी–ऋषिदह बडिमालिका सडक (चिसापानी–जंगलघाट–तुर्माखाद–गैरीटाड–कालीगाउँ दर्ना माझेठाना–जयगढ–नन्देगडा–मेल्लेक–सोडसा–ऋषिदह–बडिमालिका) भित्र कुल ४८ किलोमिटर सडकको अध्ययन सम्पन्न भएकामा २४ किलोमिटरको ठेक्का सम्झौता भएर काम भइरहेको छ।

त्यस्तै, डडेल्धुरामा दैजी–पोखरा–ढुंगाड– बझाङ सडक (दैजी–जोगबुडा–चिरकिट्टे–घटाल–पोखरा–बेलापुर–ढुंगाड–बझाङ) सडकअन्तर्गत पोखरा–बेलापुर सडक खण्ड १० किलोमिटर, गाईवादे–लिप्ना सडक खण्डभित्र १२ किलोमिटर, सलोन–चिरकट्टे सडक खण्डमा ६ किलोमिटर र जोगबुढा–लिप्ना सडक खण्डभित्र ५ किलोमिटर गरी कुल ३३ किलोमिटर सडक निर्माण भइरहेको मन्त्रालयले जनाएको छ।

प्रदेश गौरव सडक निर्माणअन्तर्गत दार्चुलामा देउथा–खार खलंगा–खण्डेश्वरी सडक र (देथला–खार खलंगा बलाच–बिटुले–लटिनाथ–पारिबगर–खण्डेश्वरी) सडकअन्तर्गत विस्तृत इन्जिनियरिङ अध्ययन भएको कुल ६० किलोमिटरमध्ये ६ किलोमिटर पक्की सडक निर्माण भइसकेको छ भने १८ किलोमिटर सडक निर्माण भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव गणेशप्रसाद भट्टले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  सुनको मूल्य तीन सयले बढ्यो

त्यस्तै, बझाङमा दिपायल–साइपाल सडक, (सिलगढी–पातीहाल्ला–सानुखोला–थलारा खोलीविप्रा–कुचेखोला–जडार–पानकोट–तपोवन तल्कोट–धलौनकाकरकोट–साइपाल हिमालबेंसी साइढुंगा हुँदै हुम्लाको सीमा रानीखर्क नाप्या गाउँपालिका) सडकअन्तर्गत २५ किलोमिटरको विस्तृत इन्जिनियरिङ अध्ययन भएकामा १४ किलोमिटर निर्माणका लागि यसअघि नै ठेक्का सम्झौता भई धमाधम काम भइरहेको छ