अदालतको कृपाले अलिअलि लाज बचेको बेला फेरि दलहरू म्युजीकल चेयर खेल्न थाले:बाबुराम

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू म्युजीकल चेयर खेलमा लागेको टिप्पणी गरेका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले बिहीवार एक ट्वीट गर्दै देश गम्भीर संकटमा फसेको बेला दल र नेताहरूको भूमिका अपेक्षित स्तरको हुन नसकेको बताए।

उनले आफ्नो पार्टी जसमा त्यो मुसादौडमा नरहेको समेत बताएका छन्।

उनले भनेका छन्, ‘अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो त।’

अन्य सम्बन्धित समाचार:  सभापति देउवाले भने— बहुमत नपुग्ने भो, महन्थले मानेनन्