नुवाकाेटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

नुवाकोट। नुवाकोटमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रकिो मृृत्यु भएको छ।

जिल्लाको बेलकोटगढी नगरपालिका–७ स्थित ‘गल्छी–देवीघाट’ सडकखण्डको गैरीगाउँमा मोटरसाइकलको ठक्करबाट ४५ बर्षिय स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको हो।

बिहीबार राती उनी सडकमा हिँडिरहेका बेला वा प्र।०२–०१९प ६०७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

मोटरसाइकल चालक विदुर नगरपालिका–३ का ३१ वर्षीय यमबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उक्त घटनाको विरोधमा स्थानीयबासीले राति अबेरसम्म सडक अवरुद्ध गरेका थिए।

अन्य सम्बन्धित समाचार:  दाङको अक्सिजन उद्योग पुनः सञ्चालन गरिने