अक्सफर्ड खोपका कारण रगत जमेको कुनैपनि प्रमाण नरहेको दाबी

काठमाडौं। युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफर्ड–आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै संकेत नभएको स्पष्ट पारेको छ।

खोप लगाएका र नलगाएका मानिसमा त्यस्तो खतराको जोखिमस्तर उत्तिकै रहेको दाबी पनि नियामक निकायले गरेको छ।

डेनमार्क र नर्वे लगायत कतिपय देशहरूले रगत जम्ने समस्या देखिएको बताउँदै सो खोपको प्रयोग स्थगित गरेपछि युरोपेली युनियनको औषधि नियामक निकायले स्पष्टीकरण दिएको हो।

यो खोप लिएपछि इटालीमा एकजना ५० वर्षीय पुरुषलाई डिप भेन थ्रम्बोसिस भएर मृत्यु भएको विवरण पनि सार्वजनिक भएको थियो।

तर नियामक निकायले भने खोपकै कारण ती समस्या आएका हुन् भन्ने कुनै प्रमाण नरहेको बताएको हो।

अन्य सम्बन्धित समाचार:  बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु