नेकपा एमालेको बैठक चैत १ गते बस्ने

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने भएको छ। चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको छ तर, अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको नेताहरूले बताएका छन्।

सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो।

आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै बैठकबारे कहि निष्कर्ष हुने छ । यसका लागी आज पनि शीर्ष नेताहरुसँग छलफल जारी रहने छ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने छ। एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था छ।

खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी ओली अघि बढेको गुनासो गर्दै आएको छ।

अन्य सम्बन्धित समाचार:  २०७५ जेठ २ गते वरपर रहेर समस्या समाधान गर्ने एमालेमा सहमति

केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ।