कार्यकर्तालाई प्रशिक्षण दिन बुटवल जाँदै प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार बुटवल जाने भएका छन्।

बुटवलमा पार्टी कार्यकर्ता प्रशिक्षण तथा दलित पत्रकार संघको महाधिवेशन उद्घाटनको लागि प्रचण्ड बुटवल आउन लागेका हुन्।

संघको प्रथम महाधिवेशन बुटवलमा हुँदै छ। सोही अवसरमा विहान दलित पत्रकार संघको आयोजनामा बुटवलमा प्रभातफेरी कार्यक्रम भएको थियो।

उक्त कार्यक्रम उद्घाटन गरेपछि प्रचण्डले दिउँसो बुटवलको क्लब डेनोभोमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

अन्य सम्बन्धित समाचार:  नेताहरूसहित प्रधानमन्त्री ओली देउवा निवासमा